न्यायिक समितिलाई कानून पढाउँदै नगरपालिका

Januka Parajuli
  • 56
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताका लागि २ दिने क्षमता विकास कार्यक्रम सञ्चालन भएको छ ।

क्षमता विकास कार्यक्रमको नगरपालिकाका मेगर अमानसिंह तामाङले उद्घाटन गरेका थिए । उपमेयर जानुका पराजुलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, नगरका कानूनी सल्लाहकार चन्द्रकुमार बस्नेत, प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रका क्षेत्रीय संयोजक उद्धवप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

दुई दिनसम्म चल्ने कक्षामा स्थानीय न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुलाई कानूनी विषयमा प्रशिक्षित गरिनेछ । कक्षामा जिल्ला न्यायाधीश, श्रेष्तेदार, र कानूनविद्हरूले प्रशिक्षित गर्नेछन् । कक्षामा संविधानले स्थानीय तहलाई दिएको कानूनी अधिकारबारे पढाउने कार्यसूचि छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मेयर अमानसिंह तामाङले न्यायिक समितिले न्यायमा आम जनताको पहुँच स्थापित गर्न जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा बोल्दै उपमेयर जानुका पराजुलीले संविधानप्रदत्त अधिकारलाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न कक्षा सञ्चालन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न मेलमिलापकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा नगर कानूनी सल्लहकार चन्द्रकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईन्द्र प्रसाद बस्याल लगायतले बोलका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्