वडा कार्यालयको ताला जबरजस्ति खोलेको भन्दै स्थानीय आक्रोसित

pic 4
  • 8
    Shares
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, १२असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित समुदायले निश्चित माग राखी वडा कार्यालयमा लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन्।

वडा कार्यालयमा ताला लगाउने पक्षसँग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आइतबार जवरजस्ती ताला खोलेपछि स्थानीय आक्रोसित भएका हुन्।

चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिती चयन गर्दा दलित समुदायलाई कुनैपनि योजनामा प्रमुख स्थान नदिएको भन्दै मनाका ४० दलित परिवारहरुले गत बिहिबार वडा कार्यालयमा तालावन्दि गरेका थिए।

वडामा रहेका दलित समुदायलाई वडा कार्यालयबाट वर्षेनी विनियोजन हुने बजेटका उपभोक्ता समिती गठन प्रक्रियामा समेत दलित समुदायलाइ उल्लेख्य मात्रामा प्रतिनिधित्व नगराएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय पुष्पराज चदाराले बताए।

वडाले गत बुधबार वडामा चालू आर्थिक वर्ष २०७७/०७८ मा निर्माण हुने योजनाहरुको उपभोक्ता समिती गठन कार्य सम्पन्न गरेको थियो। यता वडा अध्यक्ष बलबहादुर थापाले भने उनीहरुलाई हरेक योजनामा समेटिएको भए पनि उनिहरुकै आन्तरिक बिबादले सो समस्या उत्पन्न भएको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्