असोज १५ देखि पाराग्लाइडिङ सञ्चालनमा आउने

Paragliding-AirDesign
  • 33
    Shares
लाेकपाटी न्यूज

पोखरा, १२ असोज। असोज १५ गतेदखि पाराग्लाइडिङ सञ्चालनमा आउने भएको छ। कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द पाराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको हो।

सरकारले आन्तरिक उडान सुरु गरेसँगै पाराग्लाइडिङ व्यावसायिकरुपमा सञ्चालनमा आउने भएको छ। अहिले परीक्षणकालकारुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गर्दै १५ असोजबाट व्यावसायिकरुपमा पाराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए।

पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए। पोखराका सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ ओटा कम्पनीले दैनिक पाराग्लाइडिङ उडाउने गर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्