यी हुन् मन्त्रिपरिषद बैठकका २५ निर्णय

pradeep-gyawali-press meet
  • 31
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज। सरकारले विभिन्न २५ वटा निर्णयहरु गरेको छ। मन्त्रिपरिषद्को यही असोज ११ गते आइतबार बसेको बैठकले सातओटा र असोज ८ गते बसेको बैठकले १८ ओटा निर्णयहरु गरेको हो।

सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० रुपैयाँका दरले प्रोत्साहन भत्ता र गोताखोर सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ। मन्त्रिपरिषद्ले विभिन्न आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्नेलगायतका निर्णयहरु गरेको छ।

सोमबार सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् ती निर्णयहरु सार्वजनिक गरेका हुन्। जसअनुसार नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्