सुरक्षित समाज निर्माण गर्न गम्भीर बहस आवश्यकता छः कांग्रेस

BishwaPrakash_Sharma
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले मुलुकका विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाही प्रक्रियामा तदारुकता प्रस्तुत गर्न सरकारसँग आग्रह गरेको छ।

‘पछिल्लो दुई महिनामा देशको विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस संघीय सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत यस्ता घटनामा समाजको उच्च सतर्कता, गम्भीर बहस, राज्यको प्रभावकारी उपस्थिति र राजनीतिक दल एवं संघसंस्थाको ऐक्यबद्ध सचेतनाको अभियान टड्कारो ढंगले आवश्यक देखिएकामा जोड दिएका छन्।

यस्तो विषयको गम्भीरताप्रति सम्पूर्ण रुपले गम्भीर बन्न कांग्रेसले सरकार, दल र समुदायलाई विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्