बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Royal-bengal-tiger
फाइल तस्वीर
  • 11
    Shares
लाेकपाटी न्यूज

चितवन, १३ असोज। खैरहनी नगरपालिका १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा रत्ननगर नगरपालिका ६ बछौली बस्ने ६० वर्षीय बबना चौधरीको बाघको आक्रमबाट सोमबार बिहान मृत्यु भएको छ।

घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको सूचना पछि प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर टाढा घाँसे मैदानमा उनको शव फेला पारेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्