बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 8
    Shares
लाेकपाटी न्यूज

बाँके, १३ असोज। बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो।

एक जनाको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

उनीहरुलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीलगायत सबै प्रकारका उपचारका विधि अपनाएर उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्