आईपीएल : लयमा देखिएको दिल्लीलाई रोक्ला त हैदरावादले ?

IPL
  • 5
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १३ असोज। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ। शेख जियाद रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने आठ बजे हुँदैछ। आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्स लगातार जीत हात पार्दै अंक तालिका अगाडि छ भने हैदरवाद धीमा गतिमा छ।

यसअघि दुई खेलेको हैदरावादले दुवै खेलमा हार व्येहोरेको छ भने दिल्लीले दुवै खेलमा जीत निकाल्दै लय कायम गरेको छ। आजको खेलमा हैदरवाद आफु लयमा फर्किने योजनामा रहेको छ भने दिल्ली आफ्नो सुखद् यात्रा कायम राख्ने लक्ष्यमा छ।

नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली यसअघिका सिजनमा सधै कमजोर टोलीका रुपमा गनिन्थ्यिो। तर, युवा र अनुभवि खेलाडीको सन्तुलित टोलीका रुपमा यो सिजनमा दिल्लीले राम्रो संकेत देखाएको छ। यद्यपी अहिलेसम्म जम्मा दुई खेल खेलेकाले अहिले नै बलियो वा कमजोर भनेर भने आक्न सक्ने अवस्था छैन।

दिल्लीको कप्तानी गरिरहेका श्रेयस ऐयरले गएको वर्ष दिल्लीलाई सेमिफाइनलसम्म पु¥याएका थिए। अहिलेसम्म आइपीएल उपाधि भने दिल्लीले हाप पार्न सकेको छैन। दिल्लीको यसअघिको लगातार दुई जीत हात पार्दाका तिव्र गतिका बलर इशान्त शर्मा र रविन्द्र आश्विन हैदरावादविरुद्ध टिममा छैनन्। उनीहरुको अभाव खड्कीन सक्ने क्रिकेट जानकारको भनाई छ। तर, पनि कागिसो रबडाले तिव्र गतिको बलिङलाईनअप समाल्ने समाचारहरुमा विश्लेषण भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्