सशस्त्र प्रहरीद्वारा ७१ किलो गाँजा बरामद

gaja pic
फाइल तस्वीर
  • 12
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १३ असोज। मकवानपुरबाट सशस्त्र प्रहरीको टोलीले ५२ किलो लागूऔषध गाँजा बरामद गरेको छ। हेटौडा उपमहानगरपालिका १२ रमनटार स्थित राप्ती खोलाको किनारबाट सशस्त्रको टोलीले ५२ किलो गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल आईराटी पोष्ट कत्लेखोलाबाट खटिएको टोलीले ना २ ह १३१० नम्बरको अटोबाट गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीको टोली देखेपछि चालकले अटो छोडेर भागेका थिए। प्रहरीले बरामद गरेको गाँजा र अटो प्रहरीको जिम्मा लगाएको छ।

त्यस्तै सिरहाको सुखिपुर नगरपालिका ४ बनैनिया चोकबाट १९ केजी गाँजा बरामद गरेको छ। को २९ प १४८७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्