१० वर्षीय बालिकासहित चितवनमा १२ जनामा कोरोना

covid-19_corona
  • 4
    Shares
लाेकपाटी न्यूज

चितवन, १४ असोज। चितवनमा थप १२ जनामा कोभिड- १९ संक्रमण पुष्टी भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भएको परीक्षणमा १२ जनामा कोरोना पुष्टी भएको हो।

१सय ६३ वटा नमुना परीक्षण गर्दा १२ जनामा पोजेटीभ र बाँकी १ सय ५१ जनामा नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमतिमध्ये ६ जना भरतपुर महानगरपालिकाका, राप्ती नगरपालिकाका १, खैरहनी ४ र कालिका नगरपालिका १ जना रहेका छन्। एक १० वर्षीया बालिका समेत संक्रमित भएकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्