कुवेतमा नयाँ राजा चयन

kuwww
  • 8
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। कुबेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन्। कुवेतका राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ वर्षको उमेरमा निधन भएपछि शेख नवाफ राजा चयन भएका हुन्।

गत जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचारमा रहेका शबाहको उपचारकै क्रममा मृत्यु भएको हो। सन् १९६३ देखि २००३ सम्म विदेश मन्त्री समेत रहेका राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी समालेका थिए।

अब भने सन् २००६ देखि राजाको उत्तराधिकारीको रुपमा काम गरेका शेख नवाफ नयाँ शासकको रुपमा चयन भएका हुन्। यसअघिका राज शेख सबा अल अहमद अल जाबेर अल सबाहको ९१ वर्षको उमेरमा गत हप्ता निधन भएपछि कुवेतले नयाँ राजा चयन गरेको हो।

सुरक्षाको क्षेत्रमा लामो समय काम गरेका शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनको उत्तराधिको बारेमा छलफल हुने बताइएको छ। उनले शासक परिवाको अल जाबेर र अल सलीम शाखाहरुबीच चलिआएको वैकल्पिक शासन व्यवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

उनलाई शेख सबा अलले देशका लागि गरेका राम्रा कामलाई निरन्तरता दिने र तेल उत्पादनमा रहेको विरासतलाई कायमै राख्न चुनौती रहेको बताइएको छ। नवनियुक्ता राजा शेख नवाफले विभिन्न भूमिकामा रहेर जिम्मेवारी पूरा गरेका छन्।

सन् १९८० मा विमान उनकै पहलमा भएको वार्ताले अपहरण भएको विमान र यात्रु सकुसल रिहा भएका थिए। उनले कुवेतमा विभिन्न समयमा भएका हमला र गृहयुद्धपछि महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्