भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

nayadu
  • 3
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १३ असोज। भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना पोजिटिभ देखिएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो।

सचिवालयले ट्विटमार्फत, ‘आज गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ।’

साथै सचिवालयले नायडुकी पत्नी उषा नायडुको रिपोर्ट नेगेटिभ आएको र उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्