यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

mausam water
  • 14
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १४ असोज। आजदेखि शुक्रबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै बुधवारदेखि शुक्रवारसम्म मध्यम वा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। यस्तो छ तीन दिनको मौसम पूर्वानुमानः

असोज १४ गते बुधबार

दिउँसो: प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १५ गते बिहीबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते शुक्रबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्