मैले सबै बार्सिलोनाका लागि गरेको हुँ : मेस्सी

Messi
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो प्राथमिकतामा क्लब रहेको बताएका छन्। अगस्टको मध्यतिर बार्सिलोना छाड्न क्लबलाई मेल पठाएका मेस्सीले आफ्नो पहिलो प्राथमिकतामा बार्सिलोनानै रहेको बताएका हुन्।

उनले क्लबसँगको सम्बन्ध जे जस्तो भए पनि यो सिजन बार्सिलोनाबाट राम्रोसँग बिताउने बताएका छन्। ‘जति धेरै असहमति भए पनि मैले यो सिजन यहीँबाट टुङ्ग्याउने योजना बनाएको छु, ’ मेस्सीले स्पोर्टससँगको अन्तवार्तामा भने, ‘बार्सिलोनाका सबैले एक भएर अगाडि राम्रो हुने अपेक्षासहित जानुपर्छ।’

मेस्सीले उद्देश्य प्राप्तिका लागि सबै एकता र माथि उठाउने मार्ग अनुसरण गर्नुपर्ने बताएका छन्। ‘हाम्रो उद्देश्य प्राप्तिका लागि धैर्य र उत्साह राख्नुपर्छ, सधै एकता भए माथि उठ्न सकिन्छ,’ उनले भनेका छन्।

मेस्सीले आफ्नो कमजोरीका लागि जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारेका छन्। त्यति मात्रै होइन उनले क्लबलाई बलियो बनाउन सबै एक भएर अगाडि बढ्दा त्यो सम्भव रहेको बताएका छन्।

मेस्सीले आफ्ना र क्लबका समर्थकलाई सन्देश दिँदै भनेका छन्, ‘यदि कसैलाई मेरो व्यवहार र कुनै क्षणले दुःखी बनाएको छ भने त्यसमा धेरै शंका नगर्नुस्, मैले जहिले क्लबको भलाइका लागि सोचेको हुँ ।’

बार्सिलोनाले ला लिगाको यो सिजनको सुरुवात जीतसँगै गरेको छ। आफ्नो पहिलो खेलमा भिल्लारियललाई ४–०गोलले पराजित गर्दा मेस्सीले एक गोल गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्