कोरोनाबाट सप्तरीका एक युवकको धरानमा मृत्यु

coronadeath
फाइल तस्वीर
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १४ असोज। कोरोनाबाट सप्तरीका ३९ वर्षीय युवकको धरानमा मृत्यु भएको छ।युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

राजविराज नगरपालिका ४ का ती युवकको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो। उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो।

असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।त्यसलगत्तै उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले दिएको जानकारी अनुसार ती युवकमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो। उनी मिर्गौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउने गरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्