अब मनकामना केबलकारको टिकट मोबाइलबाटै पाइने

manakamana-cable-car
  • 8
    Shares
लाेकपाटी न्यूज

चितवन, १४ असोज। नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा बीच टिकट खरिद बिक्री सम्झौता भएको छ। केबलकारले प्रेषित गरेको विज्ञप्तिअनुसार सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ।

भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिँदै टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गरेको हो। यस सेवा भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ।

मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ। केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन्। सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्