ललितपुर महानगरको गल्ली घुम्दै नगरप्रहरी

Nagar-Police pic
  • 17
    Shares
लाेकपाटी न्यूज

ललितपर, १४ असोज। ललितपुर महानगरपालिकाका नगर प्रहरीले साइकल गस्ती सुरु गरेका छन्। साइकल गस्तीको बुधबारदेखि औपचारिक रुपमा शुरुवात गरिएको हो। साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगरप्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न सुरु गरेका छन्।

बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन्। त्यसैगरी सहरको सरसफाईलाई समेत उनीहरुले प्राथमिकतामा राखेका छन्। ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जनतालाई सेवा दिन महानगरपालिकाले साइकल गस्तीको अवधारणा अघि सारेको बताइन्।

ललितपुर महानगरको नगरप्रहरीप्रमुख सीताराम हाछेथुले महानगरभित्रको गल्ती, टोल टोलमा छिटै र सजिलो होस् भनेर साइकल मार्फत गस्ती सुरु गरेको बताए। उनले साइकल गस्तीमा मद्दतले नगरवासीलाई सहजिलो हुने बताए। हाल महानगरले नगरप्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ। साइकल चढेका १० नगरप्रहरी एकैसाथ महानगरको भित्री क्षेत्र, चक्रपथ महानगरबाहिरको वडाहरुमा समेत पुग्ने छन्। साइकल गस्तीको टोलीसँग भिडियो खिच्ने र फोटो खिच्ने क्यामेरा समेत हुने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्