सुनचाँदीको भाउ पुस महिनाकै उच्च, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, १३ पुस । शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर रु. ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार ४ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा दसले बढेर रु. ७४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । आजको सुनचाँदीको भाउ पुस महिनाकै उच्च हो ।