कपिल र सनी लियोनी सँगै देखिने

Kapil-Sunn03y
लाेकपाटी न्यूज

एजेन्सी । कमेडियन कपिल शर्मा यतिबेला वैवाहिक जीवनमा रमाइरहेका छन् । उनी लामो समयपछि दर्शकलाई मनोरञ्जन दिन तयार भएका छन् । शनिबारदेखि कपिल शर्माले आफ्नो चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’मार्फत टिभीमा फर्कँदैछन् । उनको शो को शूटिङसमेत भइसकेको छ । ‘द कपिल शर्मा शो’ २९ डिसेम्बरमा अनएयर हुँदैछ । खबरका अनुसार पहिलो एपिसोडमा ‘सिम्बा’ स्टार्स अथवा गेस्ट सामेल हुँदैछन् ।

Kapil-Sunny02

उनको पहिलो एपिसोडमा बलिउडकी हट अभिनेत्री सनी लियोनी पनि आउँदैछिन् । सामाजिक सञ्जालमा कपिल र सनीको तस्बिर भाइरल भइरहेको छ ।

कपिलको शोलाई लिएर मानिसहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । उनको शो को समय राति ९:३० बजे रहेको छ ।

Kapil-Sunny

यतिबेला सनी निकै चर्चामा छिन् । उनलाई गुगलमा मानिसहरुले सर्वाधिक खोज्ने गरेका छन् ।

यसपटक कपिलको साथमा केही पुराना अनुहार र दुई नयाँ अनुहार देखिने भएको छ ।