नेकपा बैठक : अध्यक्षको प्रतिवेदन परिमार्जनसहित पारित

CPN Dhumbarahi
लाेकपाटी न्यूज

काठमाडौं, १३ पुुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीमा पेश गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले उक्त प्रतिवेदन पारित गरेको हो ।

नेकपाका नेताहरुका अनुसार अब परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ । साथै संगठनात्मक एकताबारे गृहकार्य गर्न नेकपाले कार्यदल पनि बनाएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने बताए । नेकपाको स्थायी कमिटीको बैठक गएको मंसिर २९ गतेदेखि चलेको थियो ।