‘नेकपाका सदस्यलाई जिम्मेवार बन्न निर्देशन’

Baijnath Chaudhary
लाेकपाटी न्यूज

रमेश भुसाल/नवलपरासी । प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले वर्तमान सरकारलाई सफल बनाउन नेकपा पार्टीका सदस्यहरुलाई जिम्मेवारी बन्न निर्देशन दिएका छन् ।

उनले आफ्नो दायित्वबाट कत्ति पनि बिचलित नहुन समेत सचेत गराएका छन् । सरकारलाई सफल बनाउन प्रत्येक सदस्यको जिम्मेवारी महत्वपूर्ण बताउदै मन्त्री चौधरीले भ्रमपूर्ण प्रचारको पछि नलागी वास्तविकतामा अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री चौधरी नेकपा पश्चिम नवलपरासीले शुक्रबार परासीमा गरेको स्थानीय तहका नेतृत्वसँगको बिस्तारित बैठकलाई सम्बोधन गर्दै सरकारले गरेका राम्रा कामको प्रचार–प्रसारमा पार्टीका सदस्यहरुका जिम्मेवार रहने भन्दै कमिकमजोरीहरुमा सचेत गराउन पनि आग्रह गरे ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले ल्याउने विकास योजना कार्यान्वयनमा सहयोग गर्न निर्देशन दिदँै मन्त्री चौधरी अहिलेको मुख्य कार्यभार नै समृद्धि रहेकोले आफ्ना गाउँ र नगरमा रहेका सम्भावनाहरुको बारेमा जानकारी गराउन समेत अनुरोध गरेका थिए ।