तीन विमान ठोक्किनबाट यसरी बच्यो

Plane
लाेकपाटी न्यूज

एजेन्सी । हवाई यातायात नियन्त्रण (एटीसी)को तत्परता र लगातार चेतावनीपछि तीन विदेशी विमान ठोक्किनबाट बचेको छ । तीन विमान ३० हजार फिटमाथिबाट तीव्र गतिमा निकै नजिक आएका थिए । हावामा तीन विदेशी जहाज ठोक्किने सम्भावना बढी थियो । तर, एयर ट्राफिक कन्ट्रोलर्स (एटीसी)को अटोमेटिक चेतावनीपछि सम्भावित दुर्घटना टरेको हो । एक अधिकारीले शुक्रबार भने कि २३ नोभेम्बरमा तीन विदेशी जहाज दिल्लीको फ्लाइट इन्फरमेशन रिजनमा आएका थिए । मामिलालाई गम्भीरतापूर्वक लिँदै एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरो (एएआईबी) अनुसन्धान शुरु गरेको छ ।

अधिकारीहरुका अनुसार तीन विमानहरु ताइवानको इवा एयर, अमेरिकाको नेशनल एयरलाइन्स र डच एयरलाइन्सको केएलएम थियो । घटना दिल्ली फ्लाइट इन्फरमेशन रिजनमा भएको हो । स्मरण रहोस् फ्लाइट इन्फरमेशन रिजन एक त्यस्तो ठाउँ हो जहाँ फ्लाइटसम्बन्धी तथा सावधानीसँग जोडिएका जानकारीहरु उपलब्ध गराइन्छ ।

अधिकारीका अनुसार घटनाको समयमा नेशनल एयरलाइन्सको फ्लाइट एनसीआर ८४० अफगानिस्तानबाट हङकङ, केएलएम ८७५ फ्लाइट ऐम्सटर्डमबाट बैंकक र इवा एयरको फ्लाइट ईभीए ०६१ बैंककबाट वियना जाँदै थियो । एक अधिकारीले भने, ‘पहिलो फ्लाइट एनसीआर ८४० लेवल ३१० (३१ हजार फिट), दोस्रो ईभीए ०६१ लेवल ३२० (३२ हजार फिट) र तेस्रो फ्लाइट केएलएम ३३ हजार फिटको उचाईमा थियो । यसमा एनसीआर ८४० र ईभीए ०६१ ले दुरीको नियम उल्लङ्घन गरेको थियो । जसका लागि अनबोर्ड टीसीएएस वार्निङ सिस्टममार्फत् दुवै फ्लाइटका पाइलटलाई चेतावनी दिइएको थियो ।

चेतावनीपछि नेशनल एयरलाइन्सका पाइलटले ३१ देखि ३५ हजार फिटसम्मको उचाईमा पुग्ने अनुमति मागे । तर, उसलाई ३१ हजार फिटसम्मको उचाईमा रहन भनियो । त्यसपछि एटीसीले नेशनल विमान माथि उठेको देख्यो र तुरुन्त बाँयातर्फ मोड्ने सन्देश पठाइयो । यस बीचमा इवा एयरलाइन्सको विमान पनि ३२ देखि ३३ हजार फिटको उचाईमा आयो । र, ठूलो दुर्घटना टर्‍यो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्