माल्दिभ्समा उत्कृष्ट गोलकिपर बने नेपालका किरण

Kiran-Chemjong01
लाेकपाटी न्यूज

एजेन्सी । नेपाली फुटबलर किरण चेमचोङ माल्दिभ्सको उत्कृष्ट गोलकिपर बनेका छन् । उनलाई उत्कृष्ट गोलकिपरको अवार्ड माल्दिभ्स फुटबल संघले दिएको हो ।

किरणको क्लब ट्रस्ट एण्ड केयर (टीसी)ले यो सिजन लिग उपाधि जितेको थियो । किरणसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरा सर्वोत्कृष्ट गोलकिपरको मनोनयमा परेका थिए । उनको टिमले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधि जितेको थियो ।

उनले लिगको १६ मध्ये ११ खेलमा कुनै पनि गोल खाएनन् । गतवर्ष किरणले मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई-लिग उपाधि पनि हात पारेका थिए ।