डीभीको फारम खुल्यो : कसरी भर्ने डीभी ?

usa-dv
  • 21
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ। नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ। डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ । बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ। फाराम भर्नका लागि आधिकारिक वेबसाइट  httpM//www=dvlottery=state=gov  मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्