दुध खानुका यी ६ चमत्कारिक फाइदा

Milk01
लाेकपाटी न्यूज

काठमाडौं । हामीले नियमित खाने गरेको दुधले मानव स्वास्थ्यमा निकै फाइदा पुर्‍याउने गर्छ । नेपालमा सामान्यत: नेपालमा गाई, भैसी र बाख्राको दुध खाने गरिन्छ । यस्तो छ दुध खानुको फाइदा :

हाड
दुध र दुग्धजन्य उत्पादनमा फोस्फोरस, क्याल्सियम, म्याग्नेसियम र प्रोटिन हुन्छन् । जसले हड्डी वृद्धि र विकासका लागि महत्वपूर्ण योगदान गर्छ । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसँग लड्ने क्षमतामा वृद्धि गराउँछ ।

दाँत
यसमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पुर्‍याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण बनाउँछ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट जोगाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउने विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दुधलाई खानासँगै पिउने सुरक्षित तरल पदार्थ भनेका छन् । दुधले दाँतलाई सडनबाट पनि बचाउँछ ।

रक्तचाप
अध्ययनहरुका अनुसार दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम र प्रोटिन खानाले उच्च रक्तचाप कम हुने बताइन्छ ।

मुटु
दुध र दुग्धजन्य पदार्थको सेवनले मुटुसबन्धी रोग लाग्ने खतरा पनि घटाउने एक शोधले देखाएको छ । बेलायतको वेल्समा गरिएको एक अध्ययनले बढी दुध सेवन गर्ने मानिसमा सेवन नगर्नेमा भन्दा हृदयाघातको खतरा न्यून भएको पाइएको थियो । विज्ञका अनुसार दुधमा पाइने क्याल्सियमको उच्च मात्रा मुटु जोगाउन लाभदायक रहेको पाइएको थियो । उच्च क्याल्सियमले खराब कोलेस्टेरोल हटाउने र असल कोलेस्टेरोलको मात्रा बढाउने शोधहरुले देखाएका छन् ।

मोटोपना
कतिपय मानिसहरु मोटोपनाको शिकार भइन्छ भनेर दुध पिउँदैनन् । तर, दुध र दुग्धजन्य पदार्थ नियमित सेवन गर्नेहरुको मोटोपनासमेत घट्ने एक अध्ययनले देखाएको छ । यो क्यालोरी नियन्त्रित गर्ने डाइटको एक भागको रुपमा लिइन्छ ।

हाइड्रेसन
शरीरमा पानीको मात्रा पुर्‍याउन नियमित ६ देखि ८ कप तरल पदार्थ सेवन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । पानीको मात्रा नपुगे स्मरण शक्तिमा ह्रास आउने र चिडचिडाहट हुने बताइन्छ । दुध तरल पदार्थ आपूर्ति गर्ने उपयुक्त स्रोत हो । यसले शरीरलाई आवश्यक तरल पदार्थको स्रोतमात्रै नभई दाँतका लागि पोषक तत्वको समेत भूमिका खेल्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्