चार्ल्स डार्विन : जीव विज्ञानका पिता (जीवनी)

Charles Darwin-2
लाेकपाटी न्यूज

दुनियाँमा केही यस्ता मानिस हुन्छन्, जसको कामले सिङ्गो दुनियाँको दृष्टिकोण बदलिन्छ । हेर्दा सामान्य लाग्ने तर दुनियाँका लागि अभूतपूर्ण प्रेरणा दिने कोटीमा पर्छन् जीव विज्ञानका पिता चार्ल्स डार्विन । जीव विज्ञानका क्षेत्रमा उनले गरेको अन्वेषण आज पनि विश्वकै लागि महत्वपूर्ण देनका रुपमा रहेको छ । हामीले तिनै डार्विनको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरेका छौं ।

चार्ल्स डार्विन जीव विज्ञानका अन्वेषक हुन्। डार्विनको जन्म १२ फेब्रुअरी १८०९ का दिन बेलायतमा भएको थियो। उनले क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए। उनको खोज आंशिक रूपमा सन् १८३१ देखि १८३६ सम्मको एचएमएस बीगलमा समुद्री यात्राको संग्रहमा आधारित रहेको छ। चार्ल्स डार्विनको प्राणी विकासको सिद्धान्तलाई सबैभन्दा पहिलो र प्रामाणिक सिद्धान्त मानिन्छ ।

डार्विन महान् वैज्ञानिक थिए । आजसम्म हामीले जुन चीजलाई सजीव देख्छौं, त्यसको उत्पत्ति र विविधताका विषयमा डार्विनले प्रतिपादन गरेको सिद्धान्त नै सर्वव्यापी सिद्धान्त बन्न पुग्यो । सञ्चार नै डार्विनको सोधको मूख्य केन्द्रविन्दु थियो । उनको विश्वप्रसिद्ध पुस्तक जीवहरुको उत्पत्ति (ओरिजिन अफ स्पिसिज) प्राणी जातिको सामान्य प्रक्रियामा केन्द्रित थियो । उनी चाहन्थे आफ्नो सिद्धान्तले छिटोभन्दा छिटो विश्वव्यापी रुप लिन सकोस् । अन्ततः त्यसमा डार्विन सफल पनि भए ।

डार्विनको पूरा नाम चार्ल्स रोवर्ट डार्विन हो । उनी आफ्ना माता–पिताका पाँचौं सन्तान थिए । उनी अत्यन्तै शैक्षिक र पढालेखा परिवारमा जन्मिएका थिए । उनका पिता रोवर्ट डार्विन एक प्रख्यात डाक्टर थिए । तर, दुर्भाग्य, उनी ८ वर्षको हुँदा नै आमाको मृत्यु भयो । सन् १८१७ मा डार्विन ८ वर्षको उमेरमा एक इसाई मेसिनरी स्कूलमा भर्ना भए ।

डार्विनका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसका लागि उनले छोरालाई सँगै राखेर तालिम दिन चाहन्थे । सन् १८२५ मा डार्विन १६ वर्षका थिए, त्यहीबेला पिताले उनलाई एडिनवर्गको मेडिकल कलेजमा भर्ना गरिदिए । तर, डार्विनको मेडिकल शिक्षामा कुनै रुचि थिएन । यिनले हमेशा प्रकृति र त्यसको इतिहासमा रुचि राख्थे । उनले विविध प्राणीको नाम र विशेषता जान्ने कोशिस गर्दथे । त्यसका लागि उनले प्राणीहरु जम्मा गरेर नियालेर हेरिरहन्थे ।

एडिनवर्ग विश्वविद्यालयपछि डार्विनलाई सन् १८२७ मा क्राइस्ट कलेजमा भर्ना गरियो । त्यसको उद्धेश्य उनको मेडिकल कलेजको पढाइ पूरा गराउनु थियो । तर, यहाँ पनि डार्विनको मन अडिन सकेन । उनी मेडिकलमा कुनै रुचि राख्दैनथे, सम्पूर्ण ध्यान प्रकृति र जीवहरुको अध्ययनमै केन्द्रित हुन्थ्यो । क्राइस्ट कलेजमा रहने बेला डार्विन प्रकृति विज्ञानको कोर्समा भर्ना भए । प्रकृति विज्ञानको अन्तिम परीक्षामा उनी उत्कृष्ट १० विद्यार्थी ठहरिए । सन् १८३१ सम्म डार्विन क्राइस्ट कलेजमा रहे ।

विश्व भ्रमण गर्ने उद्धेश्यले डार्विन समुन्द्री यात्रामा निस्किए, यो उनको जीवनको महत्वपूर्ण घटना थियो । जसले उनको व्यवसायिक र अनुसन्धानात्मक जीवनको प्रारम्भ गर्यो । यात्राका क्रममा उनले जीव विज्ञान सम्बन्धि विभिन्न नमूना संकलन गरे, त्यसलाई प्रकाशन पनि गरे । त्यसले डार्विनलाई लण्डनको वैज्ञानिक समूहमा प्रवेश गर्ने महत्वपूर्ण अवसर दिलायो । सन् १८५९ मा डार्विनले ‘ओरिजिन अफ स्पिसिज’ नामक पुस्तक प्रकाशित गरे, जसमा मानव जाति र प्रजातिको बिस्तृत वर्णन गरेका थिए ।

charles_darwin

सन् १८७० मा वैज्ञानिक समाजले डार्विनको वैज्ञानिक आविश्कारलाई स्वीकार गर्यो । त्यसपछि डार्विनको सिद्धान्तको व्याख्या र ख्याति चुलियो । सन् १८३० देखि सन् १८५० सम्म उनले आफ्नो अन्वेषणको बारेमा गरेको व्याख्यामा केही वैज्ञानिकहरु असहमत थिए । तर, सन् १८५० पछि उनको सिद्धान्त सर्वमान्य बन्यो । डार्विनले जीव विज्ञान पनि मानिसको जीवनजस्तै परिवर्तनशील रहेको बताए, जसले उनको सिद्धान्तलाई सर्वमान्य बनाउन थप बल मिल्यो ।

समुन्द्रसँग डराउने र आलिसान महलमा जिन्दगी बिताएका डार्विनले पाँच वर्ष समुन्दी यात्रामा बिताए । साथै उनले केही महिना पात पतिङ्गर, बनजङ्गल, काठ लगायतका प्राकृतिक वस्तुमा दुखका साथ बिताए । उनले पत्थर, हाड, किरा फट्याङ्ग्रा र अन्य जीवहरुको सङ्कलन गरी अध्ययन गर्न थाले । त्यो बेला फोटोग्राफीको सुविधा थिएन । त्यसैले उनले सबै ठोस वस्तुको नमूनामा लेवल लगाएर लण्डनमा पठाउनुपथ्र्यो र त्यहाँ अनुसन्धान गरिन्थ्यो ।

आफ्नो कामको सिलसिलामा उनी १० घण्टासम्म घोडा चढ्ने गर्दथे, साथै कोशौं टाढाको पैदल यात्रा गर्दथे । यात्राका क्रममा उनले ठाउँ–ठाउँमा खतराको सामना गर्नुपथ्र्यो । लुप्त जीवको जीवाश्म, अनविज्ञ जीवहरुको निगरानी र अध्ययन उनको जीवनको कर्म थियो । गलापगोजको यात्रा डार्विनको जीवनमा निर्णायक हुन पुग्यो । यस द्धीपमा अद्भूत कछुवा र छेपारो भेटिए । त्यसको अनुसन्धानबाट डार्विनले पत्ता लगाए, ‘सतहमा हामीले जुन कुरा विश्वास गर्छौं, प्रकृतिका जुन कुरामा समानुभूति र स्थिरता देखिन्छ । तर, वास्तविकता त्यस्तो हुँदैन, वास्तविकतामा लगातार सङ्घर्ष हुन्छ, परिवर्तन भइरहन्छ ।’ लामो यात्राका क्रममा डार्विनले जीव विज्ञानको गहन अन्वेषण गरे ।

डार्विनको खोजपछि उनको खोजका पक्षमा क्लबहरु स्थापना भए, उनको सिद्धान्तलाई ‘डार्विनिज्म’कै रुपमा अनुशरण गरियो । उनको खोज विश्वव्यापीकरण भयो । उनी आफैले अनुसन्धानमूलक क्लबको स्थापना गरे । डार्विनवादका कट्टर समर्थक तथा जीव विज्ञानका ज्ञाता थोमस हेनरी हक्सले डार्विनवादको व्यापक प्रचार गरे, त्यसको व्याख्या गरे । त्यसले उनको खोज झन् लोकप्रिय बन्दै गयो । डार्विनको खोजका पक्षमा नाटक र अन्य प्रहसनहरुको आयोजना गरियो, विकासवादको सिद्धान्तको प्रभावपूर्ण प्रस्तुति गरियो ।

विकासवादको सिद्धान्तको व्याख्यामा ठूला वैज्ञानिकदेखि विभिन्न संघसंस्था परिचालित हुन चाहन्थे । तर, डार्विन आफ्नो अनुसन्धानलाई ग्रामीण क्षेत्रमा लैजान र व्यवहारिक परीक्षण गर्न चाहन्थे । तसर्थ, उनले आफ्नो पैतृक सम्पत्तिबाट प्राप्त सम्पूर्ण धन जीव विज्ञानको अन्वेषणका लागि खर्चिए । डार्विनले मानव इतिहासको सबैभन्दा प्रभावशाली विषयको व्याख्या गरेका थिए, त्यसका लागि उनी विभिन्न विश्वविख्यात पुरस्कारबाट सम्मानित पनि भए ।

सन् १८६८ मा चार्ल्स डार्विनले आफ्नो दोस्रो पुस्तक प्रकाशित गरे । यो पुस्तकको नाम ‘द वेरिएसन अफ एनिमल्स एण्ड प्लकट्स’ थियो । उनले पुस्तकमा उनले परेवा र कुकुरको नश्लबारे चर्चा गरेका थिए । यो जन्तु र चराको क्षेत्रमा गरिएको आविस्कारमा केन्द्रित थियो । यसबाट उनले प्राणी, चराचुरुङ्गी र वनस्पतिको कैयौं नश्ल पत्ता लगाउन मद्दत मिल्यो ।

सन् १८३९ मा डार्विनले जोसिया वैजबुडसँग विवाह गरे । उनले लण्डन छोडेर कैंटडाउनको शान्त वातावरणमा बसेर आफ्नो अनुसन्धानलाई जारी राखे । डार्विनले पत्ता लगाए कि प्रतिकूल परिस्थितिमा अनकुलन खोज्नसक्ने जीवले मात्र आफ्नो अस्तित्व राख्न सक्छ । जसले प्रतिकूलतासँग सङ्घर्ष गर्न सक्दैन, त्यो जीव बिलुप्त भएर जान्छ । उनले मानिससहित सबै जीवमा यही प्रक्रिया र नियम लागू हुने बताए ।

उनको आफ्नो पुस्तक ‘ओरिजिन अफ स्पिसिज’ले जीव विज्ञानका क्षेत्रमा रहेको परम्परागत मान्यतालाई चुनौति दियो । ‘प्रकृतिमा विभिन्न प्रकारका जीवहरु अस्तित्वमा छन्, त्यसमध्ये मानिस पनि एउटा जीव हो । जसले खाना खान्छ, शत्रुका विरुद्ध सङ्घर्ष गर्छ, श्वास लिन्छ, जो सङ्घर्षशील रहन्छ, जो मात्र बाँच्दछ । जसले त्यस्तो गर्न सक्दैन, त्यो नष्ट हुन्छ’ डार्विनको निष्कर्ष थियो ।

मानिसको विकास प्रक्रिया अन्य जीवहरुको भन्दा अगाडि छ । मानिसले आफूसँग मिल्दोजुल्दो बाँदरभन्दा छिटै भिन्न रुपमा प्रस्तुत गर्न सक्यो । मानिसको विकासबारे डार्विनले जुन ढङ्गले अनुसन्धान गरे, त्यो सिद्धान्त विश्वव्यापी र सार्वभौम छ, जुन वैज्ञानिकसिद्ध भइसकेको छ । २४ नोभेम्वर १८५९ मा प्रकाशित उनको ओरिजिन अफ स्पिसिज’ पुस्तकको हजारौं प्रति उही दिन बिक्री भएको थियो ।

सन् १९५३ मा जेम्स वाटसन र फ्रान्सिस क्रिकले एउटा खोज गरे, उक्त खोजमा डार्विनको सिद्धान्तको थप पुष्टि भयो । उनले जीवहरुको भावी विकासको नक्सा र रासायनिक कोड पत्ता लगाए, जुन हरेक जीवको आफ्नो कोषमा घुम्दछ । त्यही अनुसन्धान नै आज ‘डिएनए’को रुपमा प्रख्यात छ । जीव विज्ञानमा उनको योगदानकै कारण डार्विनलाई सन् १८६२ मा नोवल पुरस्कारले सम्मानित गरियो । उनले २० वर्षसम्म जीव र प्रजातिको गहन अध्ययन गरे, त्यसमार्फत् डार्विनले सन् १८५८ मा क्रमिक विकासको सिद्धान्त आविस्कार गरे ।

सुरुमा एउटै जातिमा रहेको जीव पनि भौगोलिक विशेषता र प्रकृतिमा रहेको विविधताका कारण विभिन्न प्रजातिमा विभक्त भयो । यसरी जाति प्रजातिमा रुपान्तरित भयो । उनले पत्ता लगाए, मानिसका पूर्वज बाँदर थिए । तर, प्रकारान्तरमा अलग विशेषतामा रहेका बाँदरहरुले हजारौं वर्षपछि आफूलाई मनुष्यको रुपमा विकास गरे, त्यसमा श्रमको विशिष्ट भूमिका थियो । श्रम गर्ने बाँदरहरु नै अन्तिममा मानिसमा रुपान्तरित भए ।

डार्विनको सिद्धान्तमा टेकेर आज जीव विज्ञानसम्बन्धि कैयौं नयाँ प्रयोगहरु भएका छन् । यसमा डार्विनको निकै ठूलो योगदान रहेको छ । तिनै जीव विज्ञानका पिता डार्विनको सन् १८८२ अप्रिल १९ का दिन ७४ वर्षको उमेरमा निधन भयो । उनको शव न्युटनकै समाधिनजिक राखियो । यसरी मानव जातिले एक ख्यातिप्राप्त वैज्ञानिक गुमायो ।