डा. केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै (सहमति पत्रसहित)

DR kc
  • 6
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २५ असोज । नेपाल चिकित्सक संघले आजदेखि गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ।

शनिबार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालले बताएका छन्।

डा. गोविन्द केसीको माग पूरा गर्नबाट सरकार पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

महासचिव डा. रिजालले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन्। सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनसन तोड्ने तयारी रहेको छ।

 

 

1

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्