कोरिया आएका थप ११ नेपालीमा कोरोना, उपचार खर्च आफैं तिर्नुपर्ने

korea-seoul pic
  • 16
    Shares
लाेकपाटी न्यूज

सिओल। शनिबार कोरिया आएका थप ११ नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरिया सरकाले गत महिना परिवर्तन गरेको नयाँ नियमअनुसार विदेशबाट आउने विदेशीलाई कोरोना संक्रमण पुष्टि भएको खण्डमा सम्पूर्ण उपचार खर्च बिरामी स्वयंले तिर्नुपर्ने उल्लेख छ।

संक्रमण पुष्टिपछि उपचार खर्च भने बिरामीले नै तिर्नुपर्नेछ। यहाँ बस्दै आएका विदेशीलाई कोरोना संक्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च सरकारले नै बेहोर्ने भए पनि संक्रमित नेपाली विद्यार्थीले भने सम्पूर्ण उपचार खर्च आफैं तिर्नुपर्ने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्