को हुन् चिनियाँ प्रकृतिवादी दार्शनिक लाओत्से ?

Laotshe
  • 93
    Shares
लोकपाटी न्यूज

काठमाडौं। लाओत्से चिनियाँ दार्शनिक तथा लेखक हुन्। उनलाई ताओ दर्शनका पिता मानिन्छ। ताओले प्रकृति ब्रह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन सिकाउँछ।

लाओत्सु प्राचीन चीनका एक प्रसिद्ध दार्शनिक त थिए नै, उनले तत्कालीन समाजको सुधारमा धेरे उल्लेख्य काम गरे। जो ताओ ते चिंग नामको मशहूर उपदेश लेखकका रुपमा चिनिन्छन्। उनका विचारधारामा आधारित धर्म को ताओ धर्म मानिन्छ । लाओ–से एक सम्मानजनक उपाधी हो। लाओ अर्थ आदरणीय वृद्धु वा गुरु हुन्छ। चीनको परम्परा अनुसार लाओ–से छैटौं शताब्दी ईसापूर्वमा झोऊ राजवंशको कालमा जीत भएको थियो। इतिहासअनुसार उनको जीवनी सम्बन्धमा अझै विवाद छ। कसैले काल्पनिक व्यक्ति मान्दछन्।

चिनियाँ दार्शनिक लाओत्सेले प्रतिपादन गरेको दर्शनलाई ताओवाद भनिन्छ। उनलाई प्रकृतिप्रधान भौतिकवादी दार्शनिक मानिन्छ। ‘ताओ’ शब्द चिनियाँ वर्णमालाबाट आएको हो, जसको अर्थ हुन्छ, मार्ग। समकालीन समयमा ताओवादी दर्शनले सुदूरपूर्वी देशहरू जस्तै चीन, मलेसिया, कोरिया, जापान, भियतनाम र सिंगापुरमा निकै शक्तिशाली प्रभाव रहेको देखिन्छ। लाओत्सेको ताओवादी दर्शनले पूर्वीय समाजमा भौतिकवादी चिन्तनको विकासमा गुणात्मक प्रभाव पारेको भेटिन्छ।

ताओवादले ब्रह्माण्डको प्रवाह वा प्राकृतिक क्रमको पछाडि रहेको कार्य शक्तिसँग सम्बन्धित छ, जसले सबै चीजहरूलाई सन्तुलित र व्यवस्थित राख्दछ भन्ने मान्यता राख्दछ। ताओवादी दर्शन समकालीन समाजका विद्यमान मानिसहरुको जीवनवृत्ति र समुदायको जीवनशैलीमा आधारित छ। उनले पश्चिमी देशहरुको भ्रमणका क्रममा उनले चिनियाँ लिपिमा ताओ ते चिङ ग्रन्थ लेखेका थिए। यो ईसापूर्व तीन सय वर्ष पहिलेको बाँसको कप्टेरो र यलम्वरमा लेखिएको पूरानो लिपि हो।

ताओ ग्रन्थको ८१ श्लोकमध्ये ३५ श्लोकसम्म ताओपथको बारे र बाँकी प्रकृतिको स्वभावको बारेमा लेखिएको छ। लाओत्सेको दर्शनमा प्रक्रियाको द्वन्द्वात्मकता भेटिन्छ। ताओ दर्शनको मतानुसार – हामी सुख मात्रै चाहन्छौँ, दुःख कोही चाहँदैनौँ। हामी दिन मन पराउछौँ, रात मन पराउँदैनौँ। राम्रो चाहन्छौँ, नराम्रो चाहदैनौँ। लाओत्से भन्छन्, ‘‘यो असम्भव कुरा गर्दै नगर। यो जीवन र जगत तिमीले खोजेजस्तो छँदै छैन। तिमीले सुखमात्रै खोज्यौ भने त्यो मिल्नेवाला छैन। सुख थाहा पाउन पनि दुःख कस्तो हुन्छ त्यो थाहा पाउनुपर्छ। दुःख थाहा भयो भने मात्र सुखको अनुभूति गर्न सकिन्छ। सुख–दुःख, शुभ–अशुभ यी एउटै एउटै सिक्काका विपरित पाटा हुन्। यिनलाई अलग गर्नै सकिँदैन। शुभ एक छेउ हो भने अशुभ अर्को छेउ हो। यिनको सालनाल गाँसिएको हुन्छ। तिमीले दिन मात्रै खोजेर मिल्दैन, दिनसँग रात गाँसिएको हुन्छ। रात बेगरको दिन हुँदै हुँदैन।’’

चराहरू आकासमा उड्छन्। त्यहाँ कुनै मार्ग छैन। तर, पनि आफ्नो गन्तव्यमा पुग्छन्। यानहरू बिना मार्ग अन्तरीक्षमा उड्छन्। त्यहाँ बाहिरबाट हेर्दा मार्ग छैन। तर, यथार्थमा मार्ग छ। हावामा पनि मार्ग छ, आकासमा पनि मार्ग छ। तर, देखिँदैन। त्यस्तै नदेखिने मार्ग हो– ताओ मार्ग। लाओत्सेको दृष्टि हो – जति ग¥यौं, उति बिग्रिन्छ। नगरेर पनि हुन्न, गरेर पनि हुन्न, यो द्वन्द्वात्मक भौतिकवादसँग नजिक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्