पाँच महीनामा १४ हजार कारवाहीमा

Traffic Police
लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा सबै भन्दा बढी मादक पदार्थ सेवन गरि सवारी चालउनेहरु कारवाहिमा परेका छन् ।

यस अवधीमा मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९ सय ६५ सवारी साधनलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।
यस्तै लेन अनुसाशन पालन नगर्ने १३ हजार ८ सय ३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १ सय ८१, बढी भाडा लिने ४ हजार १ सय ३६ बढीलाई कारवाही गरिएको छ ।

जम्मा १ लाख ८५ हजार ४ सय ३६ सवारी साधन कारवाहीबाट कारवाहिबाट महाशाखाले गएको पाँच महीनामा रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७४र७६ मा रु २९ करोड ३१ लाख ४५ हजार, आव २०७३र७४ मा रु ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको बताएका छन् ।

महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे कारवाही चलाएको छ । जसमा हाल सम्मको जम्मा २ लाख ८६ हजार ९ सय २२ सवारी चालक मध्ये दुई लाख ८६ हजार ९ सय २२ पुरुष र एक हजार ६ सय २ महिला रहेका छन् ।