हतियार सहित ३ जना पक्राउ

arrest
लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको छ ।

काठमाडौँ महानगर ३२ जडिबुटीस्थिति गणेशमाया श्रेष्ठ घरमा लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभागकी प्रमुख एलिजा गिरीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई चाइनिज पेस्तोल, एक राउन्ड गोली र खुकुरीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग गल्छी घर भई हाल कंलकी बस्ने २५ वर्षीय केदारप्रसाद अधिकारी, सोही स्थानका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका घर भइ हाल चावाहिल बस्ने अञ्जान उप्रेती रहेका छन् ।

अर्जुन जग्गा कारबार गर्ने र पहिला समेत सार्वजानिक अपराधमा २ पटक सजाय पाएका व्यक्ति हुन भने केदार नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागी विभिन्न अपराधिक गिरोहमा संलग्न रहँदै आएका व्याक्ति हुन् भने उप्रेती गुण्डा नाईके कुमार घैंटेको सहयोगी भई अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाएको छ ।