हत्यारा पत्ता लगाउछौँ : प्रधानमन्त्री ओली

लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वाचा गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता मार्फत भएपनि पन्तका हत्यारा चाँडो भन्दा चाँडो पत्ता लगाउने बताएका हुन् ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको जानकारी दिए ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।