ट्रम्प र सीबीच टेलिफोन डिल

लाेकपाटी न्यूज

काठमाडौं,१५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच जारी व्यापार युद्धविरामबारे टेलिफोनमा कुराकानी भएको छ ।

ट्रम्पले शनिबार ट्वीटरमार्फत सीसँग लामो टेलिफोन कुराकानी गरेका थिए । फोन वार्ताले व्यापार युद्ध अन्त्य गर्नेबारे सकारात्मक प्रगति भएको बताइएको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले फोन कुराकानीको क्रममा राष्ट्रपतिले सीले दुई देशबीच केही साताअघि भएको सहमति कार्यान्वयन गर्न दुबै देशका अधिकारी सम्मिलित टोलीले सक्रियताका साथ काम गरिरहेको बताएका थिए । उनले अमेरिका चीन सम्बन्ध सहयोगी र स्थीर हुने विश्वास पनि व्यक्त गरेका थिए ।

ट्रम्पले आफ्नो ट्वीटमार्फत ‘चिनियाँ राष्ट्रपति सीसँग लामो र निकै राम्रो कुराकानी भयो। डिल राम्रोसँग अघि बढिरहेको छ। यदि यो निष्कर्षमा पुग्यो भने विवादका सबै क्षेत्र, विषय र बुँदा समेटिएको विस्तृत हुनेछ । ठूलो प्रगति हुँदैछ,’ भनेका छन् ।

एक महिनाअघि जी २० सम्मेलनका क्रममा भएको डिनर वार्तामा अमेरिका र चीनबीच व्यापार युद्धमा ९० दिनको युद्धविराम गर्ने सहमति भएको थियो ।