न्युजिल्याण्डद्वारा इङ्ग्ल्यान्डसँगको मैत्रिपूर्ण फुटबल नखेल्ने घोषणा

Football
  • 6
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २८ असोज। न्युजिल्याण्डले इङ्ग्ल्यान्डसँगको मैत्रिपूर्ण फुटबल नखेल्ने घोषणा गरेको छ। बुधबार न्युजिल्याण्ड फुटबलले विज्ञप्ति जारी गर्दै मैत्रिपूर्णका लागि इङ्ग्ल्यान्ड जान खेलाडीको उपलब्धता र कोरोना भाइरसको रेस्टीक्सनका कारण जान नसक्ने भन्दै नखेल्ने घोषणा गरेको हो।

इङ्ग्ल्यान्डले नोभेम्बर १२ मा विम्बलीमा मैत्रिपूर्ण फुटबलको आयोजना गरेको थियो। न्युजिल्याण्डले उक्त मैत्रिपूर्ण खेलमा सम्भावित खतरा रहेको भन्दै इङ्ग्ल्यान् टुर रद्द गरेको बताएको छ।

गएको वर्ष नोभेम्बरमा लिथुनियासँगको खेल पनि न्युजिल्याण्डले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। यसअघि मार्चमा ओमान र बहरायनसँग मैत्रिपूर्ण फुटबल खेल्ने तय भएको थियो। तर, कोरोना भाइरस (कोभिड- १९) का कारण त्यो पनि रद्द भएको थियो। कोरोना भाइरसको महामारी कम नभएको र यस्तो समयमा चुनौति मोल्न नसकिने भन्दै न्युजिल्याण्ड पछि हटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्