चर्चित बलिउड फिल्म निर्देशक सेनको निधन

MRINAL-SEN-1
लाेकपाटी न्यूज

नयाँदिल्ली, १५ पुस । चर्चित बलिउड फिल्म निर्देशक एवं निर्माता मृणाल सेनको निधन भएको छ । दीर्घ रोगका कारण लामो समय थालामा रहेका सेनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो।

फिल्मलाई समाजको ऐनाको रुपमा चित्रण गर्ने बलिउड हस्ती सेनलाई बलिउडका प्रख्यात दादासाहेब फाल्के पुरस्कार, पद्म भूषण पुरस्कार लगायतका पुरस्कार र सम्मानबाट समानित गरिएको थियो ।

अभिनेता मिथुन चक्रवतीलाई बलिउड संसारमा प्रवेश गराउने सेनका ‘नील आकाशेर नीचे’, ‘भुवन शोम’, ‘एक दिन अचानक’, ‘पदातिक’, ‘मृगया’ लगायतका फिल्महरु चर्चित छन् ।