४ लाख विद्यार्थीको भविष्य अनिश्चित

examination_board_
  • 31
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज। सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ। कोभिड–१९ का कारण वैशाखमा स्थगित परीक्षा ६ महिना बितिसक्दा पनि हुन सकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक साताअघि आधा दर्जन विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छैन।

कोभिड संक्रमण बढ्दै गएको अवस्थामा केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्था नभएकाले शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत नभएको स्रोतको दाबी छ। नेपाल समाचारपत्रमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्