बुटवलमा सरकारी स्कुटर जलाउने चार युवक समातिए

Butwal scooty
  • 7
    Shares
लाेकपाटी न्यूज

रुपन्देही, ३०। प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनकाक्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु१प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाइ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उपमहानगरपालिका ११, बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका ८ घर भइ बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो। उनीहरुले गत असोज १६ गते बुटवल–११, देवीनगरको होराइजनचोकमा सरकारी स्कुटर जलाएका थिए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्