अर्थमन्त्री पौडेल नेप्से परिसूचकको कसीमा

bishnu-poudel
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३० असोज। पहिलोपटक अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा विष्णु पौडेल २९औं वरीयातमा थिए। हाल दोस्रोपटक उनी ३३औं अर्थमन्त्रीका रुपमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको बागडोर सम्हाल्दै गर्दा पौडेललाई पहिलोपटक राज्यको ढुकुटी हेर्ने जिम्मा मिलेको थियो। उनी १९ कात्तिक २०७२ मा पहिलोपटक नेपालको अर्थमन्त्रीमा नियुक्त भएका थिए। तर उनीसँग चारपटक मन्त्री बनेको अनुभव भने छ।

यसपालि उनी पाँचौंपटक मन्त्री बनेका हुन्, अर्थमन्त्रीमा भने उनको यो दोस्रो इन्निङ हो। प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको यो दोस्रो इन्निङ हो। जनताले उनको कार्यकालमा नेप्से परिसूचक बढेको हेर्न चाहेका छन्। कोरोनाको कारण भए पनि नेप्सेमा के होला भन्ने कसीमा यति बेला अर्थमन्त्री रहेका छन्।

२०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पु¥याएको अवस्थामा उनीहरू नेतृत्वमा हुनुहुन्थ्यो भने कोरोनाले थिलथिलो बनाउँदै लगेको यो अवस्थामा पुनः उनीहरूले नै मुलुकको बागडोर सम्हालेका छन्। यो उनीहरु दुवैका लागि अवसर र चुनौती दुवै हो।

कठिन परिस्थितिमा नेपाली जनता र मुलुकको अर्थतन्त्रलाई सही गन्तव्यसम्म पु¥याउन इतिहासले दुवैलाई बिर्सने छैन, तर यति बेला गरिएका निर्णयले सही गन्तव्य पहिल्याउन नसके इतिहासले माफी पनि दिने छैन। शेयर बजारका लागि अर्थमन्त्रीका रुपमा विष्णु पौडेल फापेको नाम हो। यसअघि शेयर बजारले ऐतिहासिक अंकको रेकर्ड कायम गर्दा उनी नै अर्थमन्त्रीका रुपमा आसीन भए। २०७३ साल साउन १२ गते शेयर बजारले सर्वाधिक अंकको रेकर्ड बनाएको थियो। त्यस दिन नेप्से सूचक १८८१.४५ अंकमा पुगेको थियो।

उनको कार्यकालमा अन्य अर्थमन्त्रीको तुलनामा सबैभन्दा बढी नेप्से सूचक बढेको रेकर्ड पनि छ। उनी अघिल्लो पटक अर्थमन्त्री हुँदा नेप्से सूचक ७५३.११ अंक बढेको थियो। त्यसबेला पनि मुलुकको आर्थिक अवस्था अप्ठ्यारो स्थितिमा थियो। तुलनात्मकरुपमा यति बेला अवस्था झन् जटिल छ। शेयर बजारले कस्तो प्रतिक्रिया देला आजको पहिलो कारोबारले बताउला। यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्