‘नेपालमा पर्यटन विकासको विकल्प आन्तरिक पर्यटन’

Himal
लाेकपाटी न्यूज

काठमाडौं, ३० असोज। नेपालको पर्यटन विकासका लागि अबको विकल्प आन्तरिक पर्यटन नै भएकोमा सरोकारवालाहरूले जोड दिएका छन्। कोरोना महामारीको कारण तत्कालका लागि अन्तर्राष्ट्रिय पर्यटकको आगमनको सम्भावना नरहेकाले नेपालको पर्यटन विकासका लागि अबको विकल्प आन्तरिक पर्यटन नै भएकोमा सरोकारवालाहरूले जोड दिएका हुन्।

टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) नेपालले सरोकारवालाहरूसँग बिहीवार आयोजना गरेको ‘आन्तरिक पर्यटन सुचारुः पर्यटन पुनरुत्थानका लागि पहिलो पाइला’ विषयक देशदर्शन संवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन।

कोरोनाको प्रभाव छिट्टै हट्ने सम्भावना नदेखिएको र स्वास्थ्य सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय पर्यटकले बढी चासो दिने हुनाले तत्कालका लागि आन्तरिक पर्यटनमा जोड दिनुपर्ने उनीहरूको धारणा छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले मापदण्डहरूको परिपालनालाई भने सबैले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्