स्मिता दाहालको मायाले मलाई बोलायो सार्वजनिक

  • 413
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गायिका स्मिता दाहालको नयाँ गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ। पर्फेक्ट प्लान युट्युबमार्फत उक्त गीत बिहीबार सार्वजनिक गरिएको हो।

गीतमा स्मिता दाहालको अभिनय समेत रहेको छ। राज शिवाकोटीको संगीत रहेको उक्त गीतमा स्मिताको एकल स्वर रहेको छ। शिशिर खातीको निर्देशनमा बनेको म्युजिक भिडियोको सम्पादन बनिस शाहले सम्पादन गरेका छन्।

‘मायाले मलाई बोलायो’ छायांकन पोखरा क्षेत्रमा गरिएको छ। स्मिताका यसअघि ‘मायालु तिमी कता छौं’ बोलको गीत निकै लोकप्रिय बनेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्