आईपीएल : कोलकाता ८ विकेटले पराजित

Mumbai-sirsha pic
  • 9
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। आईपीएल टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो।

कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए। हार्दिक पाण्डय २१ रनमा अविजित रहे।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो।कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे।

मुम्बईका राहुल चाहरले २ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए। कोलकातालाई हराएसँगै मुम्बई ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ। कोलकाताको यो चौंथो हार हो। ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्