वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक (भिडियोसहित)

pic 5
  • 4
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक भएको छ। आजभोलि दिनप्रतिदिन नया–नयाँ वेब सिरिजहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भिके छ खबर टि.भिले उत्पादन गरेको वेब सिरिज ‘काण्डै काण्ड’।

लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्याले निर्देशन गरेका हुन्, भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गरेका छन्। सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्या, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ, सिरिजलाई श्याम तामाङले छायांकन गरेका हुन्।

वेब सिरिज ‘काण्डै काण्ड’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको के छ खबर टि.भिका नारायण उपाध्याले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्