कोरोना संक्रमित सांसद पाल आईसीयूमा

Nirudebi_Pal
  • 34
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। संसद्को महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। पालको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा राखेर उपचार भइरहेको छ।

नेकपा सांसद पाल तीन दिनअघि दसैं मनाउन आफ्नो घर महेन्द्रनगर पुगेकी थिइन्। उनलाई घर पुगेकी दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएलगत्तै महाकाली अस्पतालमा भर्ना भएकी पालको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो।

श्वासप्रश्वासमा कठिनाइ र सुख्खाखोकी धेरै भएका कारणले उनलाई कडाखालका औषधि चलाउनुपर्ने र प्लाज्मा थेरापी पनि गर्नुपर्ने भएकाले उपचारका लागि काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्