वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

gold1
पर्साको वीरगञ्जमा प्रहरीले बरामद गरेको सुन। तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा
  • 8
    Shares
लाेकपाटी न्यूज

पर्सा, १ कात्तिक। पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका ६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन बरामद गरेको हो।

प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको हो। सून तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरादम गरेको हो।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए। सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए। प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन।

प्रहरीका अनुसार सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा (८.५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा (१ किलो) बरामद भएको छ।

यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २.२६२ किलो बरामद भएको एसपी पन्तले बताइन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्