कर्णालीको विवाद दुई अध्यक्षले मिलाउँछौ : ओली

PM_KP_OLI
  • 148
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विवादको विषयमा प्रदेशका दुवै पक्षलाई राखेर छलफल गरेका छन्। कर्णालीबाट आएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले त्यहाँको स्थितिबारे छलफल गरेका हुन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएको थियो। यमलाल कँडेलको नेतृत्वमा आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव नेकपा संसदीय दलमा पेस भएको थियो। प्रधानमन्त्री ओलीले आज दुवै पक्षका कुरा सुनेका छन्।

‘तपाईंहरुको कुरा सुनें। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौँ र एउटा निष्कर्ष निकाल्छौं। त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै छलफलमा सहभागी नेकपाका कर्णाली सचिव मायाप्रसाद शर्माले भने। सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिएको शर्माले जानकारी दिए।

बिहीबार नै उनीहरूलाई छलफलका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले आजमात्रै समय निकालेका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिनै बिहीबार र शुक्रवार दुवै पक्षलाई छुट्टाछुट्टै बोलाएर वस्तुस्थितिबारे रिपोर्टिङ लिइसकेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्