२४ घण्टामा थपिए ३१ सय ६७ कोरोना संक्रमित

covid-19_corona
  • 46
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार ७४६ जना संक्रमित काठमाडौं उपत्यकाका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका संक्रमितसहित कुल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार २९९ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४३८ जना छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयू २९० र भेन्टिलेटर ६६ जनाको उपचार भइराखेको छ। यस्तै शनिबार १ हजार ८०० संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। यीसहित नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव चार प्रतिशत हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ। मन्त्रालयका अनुसार ५ सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्