काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा देखियो कोरोना संक्रमण

corona_virus
  • 80
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हाजर ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालमा पिसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका तीन जिल्ला काठमाडौंमा १ हजार ४५१ , ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र काठमाडौं उपत्यकासहित देशभर ३ हजार १६७ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्