ख्यालठट्टा नठानौं, यौन लतले निम्त्याउन सक्छ दुर्घटना

Sex_Couple
  • 111
    Shares
लोकपाटी न्यूज

काठमाडौं। यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो। यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन्। यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ। यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन्। तर कैयौं किताब र लेख पढ्दा पनि सन्तुष्ट हुने उपाय भेट्न सकिँदैन। त्यसैले यहाँ यौन लतको विषयमा चर्चा गरिँदै छ।

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको नियन्त्रणभन्दा बाहिर जानु नै सेक्स लत हो। यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन्। अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ। यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ। यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै ध्वस्त हुन पुग्छ। सेक्सले लतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन। यस्तो लत लागेका मानिसहरू प्रायः एक्लै बस्न रुचाउँछन्। यिनीहरूले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हुँदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ।

सेक्सको लत सामान्यतया १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ। यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ। कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन्। यस्तो लत पुरुष र महिला दुवैमा हुन सक्छ। एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भधारण हुने गरेको पाइन्छ। सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ। यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध विच्छेद नै भएको पाइन्छ। यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ। लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ।

  • यौनको लतको लक्षण

मनोचिकित्सकीय रुपले यौनको लत धुम्रपान वा रक्सीको लतको जस्तो हुन्छ। जसमा दिमागको एक विशेष हिस्साको कार्य गर्दछ। यौनको लत लागेका मान्छे कतिपय अन्य तरहका यौन गतिविधिहरूको पनि सुरुवात हुने गर्छ। यस स्थितिमा पुगेका मान्छेहरूले यौन सन्तुष्टिलाई भन्दा पनि यौन गतिविधिलाई मात्रै केन्द्रमा राख्ने गरिन्छ।

कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ। तर सामान्यत यौन लतमा लागेका मान्छेको गतिविधि केही गतिविधिहरु कस्तो हुन्छन् भन्ने अनुमान गर्नसकिन्छ। हस्तमैथुनको लत लाग्नु, धेरै मान्छेसँग यौन सम्पर्क राख्नु वा जोसँग पायो उसैसँग यौन सम्पर्क राख्नु, अश्लील साहित्य पढ्नु, असुरक्षित यौन सम्पर्क राख्नु, यौनकर्मीकहाँ जानु वा वेश्यावृत्तिमा लाग्नु, कोही मान्छे अरुले यौन सम्पर्क राखेको देखेर मात्रै पनि आनन्द लिने स्वभाव जस्ता गतिविधिलाई यौन लतको लक्षणका रुपमा लिन सकिन्छ।

यौन गतिविधिमा संलग्न हुने साथीको इच्छाको कुनै सम्मान नगर्नु, त्यसता व्यक्तिलाई भावनात्मक रूपले कुनै सन्तुष्टि मिल्दैन, मान्छेलाई आफूप्रति आकर्षित गर्ने र नयाँ व्यक्तिका साथ रमाइलो गर्ने बानी, यस्ता कुरा गर्दा लज्जा महसुस गर्नु, यस स्थितिमा वित्तीय, चिकित्सकीय र सामाजिक दुष्परिणामलाई जान्नुका बाबजुद उत्तेजनालाई नियन्त्रण गर्नु, तीव्र यौन आकांक्षालाई रोक्न असमर्थ हुनु, इच्छाभन्दा धेरै समयसम्म यौन गतिविधिमा संलग्न हुनु जस्ता व्यवहार यौन सम्पर्कको लतको क्रममा महसुस हुन सक्छन्। यौन सम्बन्धी लतबाट उत्पन्न हुने विकारमा व्यक्ति चिन्तित, अशान्त र यौन गतिविधि नगर्ने हो भने मान्छे हिंसात्मक पनि हुन सक्छ ।

  • निम्न कारणले हुन सक्छ यौन तल

मस्तिष्कको प्राकृतिक केमिकलमा असन्तुलन हुनुः मस्तिष्कमा केही रसायन जस्तो सेरोटोनिन, डोपेमाइन र नोरएपिनेफ्रीनले हाम्रो मुडलाई नियन्त्रण गर्ने गर्छ। यसको उच्चस्तर सेक्सको लतसँग सम्बन्धित हुन्छ।

मस्तिष्कको तन्त्रिका मार्गमा बदलाव हुनुः समयको साथ मस्तिष्कको तन्त्रिका तन्त्रमा हुनेवाला बदलावका कारण यौनको लत सुरु हुन सक्छ । यसमा मुख्य रुपले मस्तिष्कलाई पोषण प्रदान गर्नेवाला केन्द्रीय हिस्सा प्रभावित हुन्छ। अन्य खराब लत जस्तै यौन लतमा समेत व्यक्तिलाई समयका साथ सन्तुष्टि या राहत पाउनको लागि अधिक यौन गतिविधि गर्ने इच्छा हुन्छ।

तपाईंको मस्तिष्कलाई प्रभावित गराउने स्थितिः मिर्गी वा डिमेन्सिया जस्ता केही रोगका कारण मस्तिष्कको विशेष हिस्सामा नोक्सानी पुग्न सक्छ। यसका कारणले यौनको लतको सम्भावना बढ्ने गर्छ। यसका अलावा पार्किन्सन रोगको उपचारमा प्रयोग गर्नेवाला केही डोपेमाइन औषधिका कारण पनि यौनको लत लाग्न सक्छ।

यौन लतको उपचार

जब व्यक्ति यौन लतमा फस्छ, त्यसपछि विस्तारै उपचार पनि जटिल बन्दै जान्छ। मान्छेले यौन लतलाई आफ्नो व्यवहार र विचारले उचित ठानेपछि विस्तारै यो जटिल बन्दै जान्छ। उपचारको वर्तमान विकल्पको उद्देश्य यौन सम्बन्धको अत्यधिक उत्तेजनालाई कम गर्ने र स्वस्थ सम्बन्धलाई बढावा दिने हुन्छ। यौन लतको उपचारलाई तल विस्तारमा व्याख्या गरिएको छ।

आवासीय उपचार कार्यक्रम

यो कार्यक्रममा व्यक्तिका कैयौ खराब बानीहरू वा त्यससँग सम्बन्धित विकारलाई दूर गर्ने गरिएको छ। यस समयमा व्यक्ति उपचार केन्द्रमा विशेष चिकित्सकको हेरचाह हुन्छ।

संज्ञानात्मक व्यवहार थेरापी

यो किसिमको थेरापी अनुसार व्यक्तिको व्यवहारलाई बदल्नको लागि कैयौ तरिका प्रयोग गरिन्छ। सीबीटीको मद्दतबाट व्यक्तिलाई यौनको लतको हानिकारक प्रभावबाट बचाउने गर्छ। यस विषयमा चिकित्सकसँग परामर्श गरेर ओषधि पनि लिन सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्