तपाईका कुनै शैक्षिक सुझाव छन्, राष्ट्रिय शिक्षा आयोगको अपील (पूर्णपाठ)

Girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षा सम्बन्धि नयाँ व्यवस्थाका लागि प्रतिवेदन तयार पारी मन्त्रीपरिषदमा पेश गर्न लागेको जानकारी गराउँदै त्यसका लागि नागरिकलाई सुझावको अपील गरेको छ ।

आयोगले आफ्नो मस्यौदा प्रतिवेदन र वेभसाइटमार्फत् सुझावका लागि सर्वसाधारणलाई अपील गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएपछि सर्वसाधारणलाई सुझावका लागि आग्रह गरेको हो । यस्तो छ आयोगको अपील ।

आयोगको अपील

नेपालको संवैधानिक व्यवस्था र समाजवादउन्मूख आर्थिक सामाजिक रुपान्तरणका लागि संघीय संरचनामा आधारित लोकतान्त्रिक, समावेशी एवं समानतामूलक समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसमेतलाई समेट्ने गरी शिक्षाको दूरदृष्टि, नीति, रणनीति र संरचना, समसामयिक सुझावहरुसहितको बिस्तृत प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष प्रश्तुत गने उद्देश्यसहित नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।३।३२ को निर्णयबाट माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगको गठन भएको छ ।

आयोगबाट सम्पादन गर्ने कामलाई व्यवस्थित गरी आठवटा विषयगत समूहहरु (प्रारम्भिक वालविकास तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, उच्च शिक्षा, आजीवन सिकाइ र अनौपचारिक शिक्षा, सुशासन, शिक्षामा गुणस्तर र वित्त र साझेदारी, समावेशीकरण) गठन भई आ–आफ्नो कार्यादेशबमोजिम सरोकारवालाहरुसँग विभिन्न विधि र माध्यमहरुमार्फत् छलफल, अन्तर्राष्ट्रिय, स्थलगत अध्ययन भ्रमणसमेत गरी राय सुझावहरु संकलन गने कार्य निरन्तर रुपमा चलिरहेको छ । उक्त आठ विषय–क्षेत्रमा आधारित रही मूल प्रतिवेदनको ढाँचा तय भएको र सोबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको छ । आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्घान्त तयार गरिसकेको छ । राय सुझाव संकलनको खाका तयार गरेको छ ।

आयोगको प्रतिवेदनमा अधिकतम सरोकारवालाहरुका राय र सुझावहरु समावेश गरी यसको अपनत्व, गरिमा र सर्वस्वीकार्यतालाई अभिवृद्धि गर्ने कार्यको निरन्तरताकै रुपमा राष्ट्रिय स्तरमा राय सुझाव संकलन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ । हालसम्मका छलफलका क्रममा उठाइएका मुद्दाहरु, समस्याहरु तथा प्राप्त सुझावहरुलाई एकत्रित गर्दै संक्षेपीकरण गरी तपाईहरुसमक्ष प्रस्तुत गररएको छ । कतिपय विषयहरु छुट पनि भएका हुन सक्छन् । प्रस्तुत मुद्दा एवं समस्याहरुमा केन्द्रित रहेर यहाँहरुका अमूल्य राय सुझावहरुको यस आयोग खुला हृदयले स्वागत गर्दछ । यो प्रारम्भिक मस्यौदा भएकाले भाषा र विषयवस्तुको सम्पादनमा समुचित ध्यान पुग्न नसकेको हुनसक्छ, यस पक्षमा समेत सुझावको अपेक्षा गरिएको छ । साथै आयोगको इमेल र वेवसाइटमार्फत् समेत सुझाव प्रश्तुत गर्न सक्ने व्यवस्था जानकारीको लागि अनुरोध छ । सुझाव इमेल ठेगाना : [email protected], वेभसाइट : www.moe.gov.np/aayog मा पठाउन सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

शिक्षामा क्रान्तिकारी परिवर्तनको संकेत, यी हुन् मस्यौदाका २९ नयाँ व्यवस्था

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्