कोहली विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान

Virat Kohli
लाेकपाटी न्यूज

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटमा विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान रहन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा कोहली शीर्ष स्थानमा रहे ।

नयाँ वरियतामा कोहलीले ९३१ अंक पाएका छन् । त्यस्तै नयाँ वरियताको दोस्रो स्थानमा न्युजिल्याण्डका केन विलियम्सनले ८९७ अंक प्राप्त गरेका छन् । तेस्रो स्थानमा अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ रहेका छन् । उनले ८८३ अंक पाएका छन् ।

यस्तै चौथो स्थानमा भारतका चेतेश्वर पुजारा रहन सफल भएका छन् । उनले ८४३ अंक पाएका छन् । पाँचौ स्थानमा भने इंग्ल्याण्डका जोय रुट रहे । उनले ८०७ अंक प्राप्त गरेका छन् ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा बलिङतर्फ ८८० अंकसहित वरियताको शीर्ष स्थानमा रहेका छन् । इंग्ल्यान्डका जेम्स एण्डरसन ८७४ अंकसहित दोस्रो स्थानमा रहे भने अष्ट्रेलियाका पाट कुमिन्स ८३६ अंकसहित तेस्रो स्थानमा रहन सफल भएका छन् ।

यो पनि पढ्नुहोस् :

कोहली कसरी बने विश्वकै अब्बल क्रिकेटर ? पढ्नुहोस् उनको संघर्षपूर्ण जीवनी